वैशाख २९, २०८१ शनिबार May 11, 2024

हलेसीमा दुई सातामा ४ लाख ४३ हजार भेटी संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट दुई सातामा ४ लाख ४३ हजार भेटी स‌ंकलन भएको छ ।  १६ फागुनदेखि ३० फागुनसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान तथा दान पेटिकाबाट ४ लाख ४३ हजार २३० रुपैयाँ भेटी संकलन भएको हो ।

हलेसी गुफाभित्र रहेको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ३५० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ४१ हजार ६०५ रुपैयाँ, बसाहा थानमा राखिएको दानपेटिकाबाट ५० हजार ९७५ रुपैयाँ र गणेश मन्दिरमा राखिएको दान पेटिकाबाट १३ हजार ३०० रुपैयाँ  जम्मा भएकाे हलेसी सूचना केन्द्रले जनाएको छ । यस अवधिमा ढ्याके सतहीबाट ४ हजार रुपैयाँ जम्मा भएको छ ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीबाट दुई हप्ताको अवधिमा भएको आम्दानीमध्ये १ लाख ३४ हजार ९४९८ रुपैयाँ खर्च हुँदा ३ लाख ८ हजार २८२ रुपैयाँ बचत भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।

सूचना केन्द्रले हलेसी आएका दर्शनार्थी र पर्यटकले मन्दिर तथा दान पेटिकामा चढाएको रकमलाई आम्दानीका रुपमा बाँधेर आयव्यय सार्वजनिक गरिएको छ । बचत रकम माछापुछ्रे बैंकको हलेसी शाखामा रहेको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ ।

यस अवधिमा दर्शनार्थीले ३ हजार ७०० भारु, चाँदी १९.६९ तोला र सुन १.२ ग्राम चढाएको सूचना केन्द्रले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया