वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

गोठका सुँगुर ‘मरे’पछि डोम परिवारको बिल्लीवाठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिरहा सुखीपुर नगरपालिका–१० बल्ही विश्वकर्मा चोकका ५० वर्षीय गणपैत मरिक (डोम)को दुई रात भयो राम्रोसँग निदाउन सकेका छैनन् । घरमा पालेका चार वटा सुँगुर एकै पटक मरेको फेला परेपछि उनको निन्द्रा हराएको छ । शुक्रबार रातिसम्म सद्दे रहेका सँगुरहरू शनिबार विहान मृत परेपछि उनी कहाँ जाने कसलाई सुनाउने भनेर अन्योलमा परेका छन् ।

उनले ती सुँगुरहरूलाई विष खुवाएर मारेको दावी गरिरहेका छन् । मरेका माउ सुँगुर मात्रैको अहिलेको बजारभाउमा दुई लाखभन्दा बढी रहेको मरिकले बताए । उनले भने, ‘तिनका २५ वटा दुधे बच्चा छन्, माउ नै मरेपछि ती बच्चाहरु पनि बाच्दैनन् ।’

यिनै सुँगुर बेचेर नातिनी विवाह गर्ने र ऋण तिरोभरो गर्ने योजनामा थिए मरिक । उनी भन्छन्, ‘सबै योजनामाथि तुषारापात भयो ।’ मरिककी श्रीमती सुमित्रादेवीका अनुसार उनीहरूको मुख्य आयस्रोत नै सँुगुरपालन हो । सबै सुँगुर मरेको देखेपछि भोक प्यास नै हराएको उनले दुखेसो गरिन । मरेकामध्ये एउटा आजभोलि ब्याउने र अर्को पनि गर्भीणी रहेको मरिकले बताए । बाँचेको एउटा पोथी र एउटा भाले सुँगुर पनि बिरामी छन् ।

गोलबजार नगरपालिका–१३ डङ्ग्राहाबाट करिब नौ वर्षअघि मरिकको परिवार यहाँ बसाई सरेको थियो । उनीहरु गागन खोला किनारको ऐलानी जमिनमा बस्दै आएका छन् । उनीहरूले एउटा भालेसहित पाँचवटा माउ सुँगुर पाल्दै आएका थिए ।

उनीहरूले सुँगुरलाई विष खुवाएरै मारेको दावी गरेका छन् । मरिक परिवार सुँगुर मर्नुको कारण पत्ता लगाएर घटनामा संलग्नहरुलाई कारबाही र क्षतिपूर्तिको मागसहित जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका छन् ।

आइतबार भेटेरनरी प्राविधिकले पोष्टमार्टम गरेकाले त्यसको रिपोर्ट आएपछि घटना बारे एकिन भन्न सकिने कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले पोष्टमार्टम रिर्पोटपछि मृत्युबारे थप खुल्ने बताए । उनले घटना प्रकृति मुचुल्का बनिसकेको र अनुशन्धान भइरहेको जनाए छ ।

मरिक यहाँ बस्न थालेपछि मात्रै बस्ती विस्तार भएको हो । अहिले त्यही बस्तीले उनलाई अन्यत्र जान दबाब दिने गरेको छ । उनले भने, ‘सानो जातको भन्छन् । हाम्रो घर अगाडि सुँगुर पाल्न पाईदैन अन्तै जाउ भन्छन् ।’ मरिक सानो दुई वटा छाप्रोमा दुई छोरा, दुई बुहारी, नातानातिनासहित १४ जना बस्दै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार