असार २९, २०८२ आइतबार July 13, 2025

रुपन्देही सुपरलिग सुपर फोर: बुद्धलाई हराउँदै एमसीसी १२५ रनले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसीले विजयी भएकाे छ । सुपर फोरअन्तर्गतको तेस्रो खेलमा बुद्ध क्रिकेट क्लबलाई १२५ रनको फाराकिलो अन्तरले  जित निकालेकाे हो ।

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती व्याटिङ रोजेको एमसीसीले निर्धारित ५० ओभरको खेलमा नाै विकेटको क्षतिमा दुई सय ६ रन बनाएको थियो । जसका लागि विजय प्रजापति एक्लैले सार्वधिक एक सय ६ रनको योग्दान गरे । त्यस्तै सुशान्त थापाले २२,  सविन शाक्य र मोइन अलिले समान १५-१५ रन बनाए । बलिङतर्फ बुद्धका विपीन खत्रीले तीन र सुभास भण्डारीले दुई विकेट लिए ।

दुई सय सात रनको लक्ष्य पाएको बुद्धले सबै विकेट गुमाउँदै ८१ रन मात्र जोड्न सक्यो । २३ दशमलव १ ओभर समेटिएको टिमका लागि सुरज पौडेलले १५, विपीन खत्री र सलिम अलिले समान १४ रन बनाए । अन्य खेलाडी मैदानमा टिक्न नसकेपछि १२५ रनको फारकलिो अन्तरले हार व्योहोर्नु पर्‍यो ।बलिङतर्फ एमसीसीका रोशनलाल गुप्ताले पाँच र रमेश कुर्मीले चार विकेट लिए ।

सोमबारको खेलमा एमसीसीका विजय प्रजापति म्यान अफ द म्याचबाट पुरस्कृत भए । शनिबारबाट सुरु भएको  सुपर फोर प्रतियोगितामा रुपन्देहीका चार टिम डिभिजन ए बाट उक्लेर प्रतिस्पर्धा गरिरहेका छन् । १२ चैतसम्म हुने प्रतियोगितामा यस वर्षदेखि टिमले धेरै खेल खेल्न पाओस् भन्दै सेमिफाइनलको ठाउँमा लिग चरणका प्रमुख टिमले राउन्ड रोबिन लिग खेलाइँदै छ । जसबाट उच्च अंक प्राप्त गर्ने दुई टिमबीच फाइनल प्रतियोगिता हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार