असार २९, २०८२ आइतबार July 13, 2025

नेपाल यूएईसंग ९९ रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध ९९ रनले पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईले दिएको दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा एक सय तीन रनमै समेटियो ।

नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । यसबाहेक, आरिफ शेख र सोमपाल कामीले समान १५ सँगै विनोद भण्डारीले १२ रन बनाउनु बाहेक नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाल ओपनरद्वय पवन सर्राफ र कुशल भुर्तेल क्रमशः दुई र पाँच रनमा पभेलियन फर्किदा दीपेन्द्रसिंह ऐरी ‘गोल्डेन डक’ आउट भएका थिए ।

यस्तै, रोहितकुमार पौडेल नौ, करण केसी चार र विक्रम सोब एक रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने सुन्य रनमा अविजित रहे ।

युएईका जुनैद सिद्दिकीले सर्वाधिक तीन विकेट लिए । उनले सात ओभरमा दुई मेडन राख्दै २२ रन खर्चिए । यस्तै, कासिफ दाउद र अहमेद राजाले समान दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय दुई रनको योगफल खडा गरेको थियो ।

युएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । उनले ७३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यसबाहेक, मुहम्मद वसिमले ३३, चिराग सुरीले २६, भ्रित्या अरविन्दले २४ र अलिसन सराफुले २१ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिएका थिए । यस्तै, सोमपाल कामी र करण केसीले समान दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए ।

शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको थियो । त्यसअघि नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो ।

डिभिजन २ मा १८ खेलबाट २२ अंक जोडेको युएई तालिकाको तेस्रो स्थानमा छ । यस्तै, ११ खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार