असार २९, २०८२ आइतबार July 13, 2025

जगत टमाटा दशककै सर्वोत्कृष्ट प्रशिक्षक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटा नेपाली खेलुकदमा पछिल्लो दशकको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार प्रज्ञा भवनमा आयोजित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा टमाटा दशककै उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भए ।

लामो समयदेखि नेपाली क्रिकेटका सबैखाले सफलतामा सारथीको भूमिका निर्वाह गर्दै आएका टमाटाको नेतृत्वमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो ।

टमाटाको प्रशिक्षणमा सन् २०११ एसीसी यु १९ कपमा नेपाल उपविजेता बन्दै यु १९ एसिया कप र यु १९ विश्वकपमा छनोटमा पुग्न सफल भएको थियो । त्यही वर्ष उनले आईसीसी विश्वकप छनोटमा दोश्रो स्थान दिलाउँदै नेपाललाई यु १९ विश्वकपमा पुर्‍याएका थिए ।

२०१२ मा नेपालले यु १९ विश्वकप खेल्दा उनी सहायक प्रशिक्षकको भूमिकामा थिए । टमाटाकै प्रशिक्षणमा सन् २०१५ को यु १९ विश्वकप छनोटमा नेपाल विजेता बन्दै बंगलादेशमा भएको २०१६ यु १९ विश्वकपमा छनोट भएको थियो । युवा विश्वकपको त्यो संस्करणमा नेपाल पहिलो पटक क्वाटरफाइनल पुगेको थियो ।

उनकै प्रशिक्षणमा नेपाल सन् २०१८ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल पुग्न सफल हुँदै एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो । जिम्बाब्वेमा आयोजित विश्वकप २०१८ छनोटमा नेपाल आठौं स्थान हासिल गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको लायक बन्दा टमाटा नै प्रशिक्षक थिए ।

दुई पटक एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट प्रशिक्षक सम्मान जितिसकेका टमाटा पूरा दशकभरि नेपाली खेलकुदलाई सफलताको बाटोमा डोर्‍याएवापत मंगलबार दशकको उत्कृष्ट प्रशिक्षक पुरस्कारबाट सम्मानित भए । सम्मानसँगै टमाटाले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार