असार २३, २०८२ सोमबार July 7, 2025

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध भएको छ ।

सर्वत्र दवावपछि अफगानिस्तानको तालिवान सरकारले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि निर्णय नै रद्ध भएको छ । छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वयन नहुने भएको सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । तर किन निर्णय रद्ध गरियो भन्ने बारेमा भने उनीहरुले केही बताएका छैनन ।

छात्रालाई विद्यालय जान दिने निर्णयबाट खुशी भएकाहरु अहिले निर्णय कार्यान्वयन नहुने भएपछि दुखि भएका छन् । छात्रालाई विद्यालय जान दिने निर्णय तत्काल कार्यान्वयन नहुने हो ? भन्ने पत्रकारहरुको प्रश्नमा तालिवान प्रवक्ता इनामुल्लाह सामाङ्गानीले भन्नुभयो, “हो, त्यो सत्य हो ।” सरकारले निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् ।

“निर्णय कार्यान्वन हुन नसक्नुको कारणका बारेमा अहिले नै विस्तृत व्याख्या गर्न हामीलाई अनुमती छैन,” शिक्षा मन्त्रालयका प्रवक्ता अजिज अहमद रायनले भन्नुभयो । अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीहरुले निरन्तर आवाज उठादै आएका थिए । उनीहरुको दवावका कारण तालिवान उच्च अधिकारीहरुले महिलाहरुको अधिकार पुनर्वाहाली हुने दावी पनि गर्दै आएका थिए ।

विश्वभरीबाट आएको दवावका कारण तालिवान सरकारले छात्रालाई अध्ययन अध्यापन, रोजगारी लगायतका कार्य गर्न दिने निर्णय पनि गरेको थियो । तर अहिले आएर एकाएक त्यस निर्णयबाट तालिवान सरकार पछाडि हटेको छ । तालिवान सरकारले छात्रालाई विद्यालय जान दिने निर्णयबाट पछाडि हटेकोप्रति संयुक्त राष्ट्रसंघले पनि आपत्ति जनाएको छ ।

राष्ट्रसंघीय अधिकारीहरुले तालिवान सरकारको पछिल्लो निर्णयबाट अत्यन्त दुखि बनाएको टिप्पणी गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार