चैत्र १६, २०८० शुक्रबार March 29, 2024

उभौली पर्वमा सार्वजनिक विदा दिने बागमती प्रदेशको निणर्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले उभौली पर्वमा सार्वजिनक विदा दिने निणर्य गरेको छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे बैठकले चालु अधिवेश अन्त्य गर्दै जेठ दुई गते थामी समुदायका लागि मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेकाे छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण करिब तीन महिना अवरुद्ध प्रदेशसभा बैठक पुनः सञ्चालन भएपछि दुई बैठक बसेर नवौँ अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत १२ वटा बैठक सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको पछिल्लो समय गत फागुन २९ गते, ३० गते र चैत ८ गते बसेको बैठकले दुई वटा विधेयक पारित गरेको थियो भने अन्य तीन वटा विधेयक संशोधनको लागि पेश गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया