असार २९, २०८२ आइतबार July 13, 2025

शहिद स्मारक ‘बी’ डिभिजन लिगः आरसिटी विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा आरसिटीले सामाजिक युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आरसिटीको जितमा प्रज्ज्वल गुरुङले दुई तथा विश्वास थापा मगरले एक गोल गरे ।

विश्वासले खेलको पाँचौँ मिनेटमा गोल गर्दै आरसिटीलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको २०औँ र २४औँ मिनेटमा प्रज्ज्वलले व्यक्तिगत दुई गोल गरे । जितसँगै आरसिटीले आठ खेलबाट १२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

पराजित सामाजिक युथ क्लब भने आठ खेलबाट सात अङ्क जोड्दै अङ्कतालिकाको नवौँ स्थानमा यथावत रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार