असार २९, २०८२ आइतबार July 13, 2025

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटः पपुवा न्युगिनीद्वारा नेपाल ६ रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपाललाई ६ रनले पराजित गरेको छ । जितका लागि २९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले आठ विकेटको क्षतिमा दुई सय ८६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रोहितकुमार पौडेलले ऐतिहासिकक शतक प्रहार गरे । उनले एकदिवसीय खेलमा पहिलो पटक शतक प्रहार गरेका हुन् । एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने पूर्वकप्तान पारस खड्कापछि १९ वर्षीय पौडेल दोस्रो खेलाडी बनेका छन् । एकदिवसीय खेलमा उनी सर्वाधिक रन बनाउने तथा पाँच सय रन पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । पौडेलले एक सय २६ रन बनाए । उनले एक सय सात बल खेल्ने क्रममा चार छक्का र सात चौका प्रहार गरे ।

यस्तै आरिफ शेखले ३४, कुशल भुर्तेलले ३२, सोमपाल कामीले १८, कमलसिंह ऐरीले १८, भीम सार्कीले १७ र दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।  बलिङतर्फ पपुवा न्युगिनीका नोरमान भानुले तीन, असाद भाला र चाल्र्स अमिनीले दुई दुई तथा नोसैना पोकनाले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रनको योगफल बनाएको थियो । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ७७ रनको योगदान दिए । उनले १०३ बलमा ६ चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान असाद भालाले ५५ बलमा ११ चौकासहित ६०, नोरमान भानुले २८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४७, टोनी उराले ३८, राइली हेकुरेले ३१ तथा जासन किलले १३ रन बनाए ।

बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई-दुई तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिए । पपुवा न्युगिनी सन् १९९८ मा एसिसी ट्रफी खेल्न नेपाल आएको थियो । त्यतिबेला नेपालसँग भने उसले खेलेन । त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीले पहिलो पटक नेपालसँग खेलेको हो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार