असार २९, २०८२ आइतबार July 13, 2025

सात प्रदेशका खेलकुदमन्त्री बैठक : १४ बुँदे निर्णय पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युवा तथा खेलकुुदसम्बन्धी विषयगत समितिको बैठकले १४ बुँदे निर्णय पारित गरेको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सातवटै प्रदेशका खेलकुदमन्त्री तथा सचिव सहभागितामा भएको बैठकले विभिन्न १४ बुँदे निर्णय पारित गरेको मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बताउनुभयो ।

पारित बुँदामा युवा तथा खेलकुद क्षेत्रको बजेट वृद्धिका लागि पहल गर्ने, खेल पूर्वाधारसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गर्ने, खेलकुदका कर्मचारी समायोजन गर्ने, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापनका लागि नीतिगत आधार तयार गरी अन्तर तह सहकार्य गर्नेलगायत छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको अध्यक्षतामा पहिलोपटक सङ्घीय र प्रदेशका मन्त्री/सचिवसहितको विषयगत समितिको बैठक भएको हो । खेलकुदसम्बन्धी योजना, नीति, कार्यक्रम, बजेटको अवस्था, पूर्वाधार तथा कर्मचारी समायोजन लगायतका विषयमा भएको छलफलपछि बैठकले १४ बुँदे निर्णय पारित गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा मन्त्री गहतराजले सङ्घीयताको मर्मबमोजिम नेपाल : स्काउट र युवा परिषद्लाई सङ्घीय संरचनामा लैजानुपर्ने भएकाले आवश्यक नीति तर्जुमा गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “वर्तमान बजेट संरचनाले खेलकुदको विकास सम्भव छैन, निजीक्षेत्रका सहभागिता, समन्वय र सहकार्य आवश्यक छ, खेलक्षेत्रमा दातृ निकासको सहयोग ल्याउन सक्ने आधार छन्, त्यो गर्नपर्छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार