असार २९, २०८२ आइतबार July 13, 2025

गिरिजाप्रसाद कोइराला राष्ट्रिय हक्कीको उपाधि नेपाली सेनालाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ ।

नेपाल हक्की सङ्घद्वारा विराटनगरको सहिद रङ्शालामा आज सम्पन्न फाइनल खेलमा नेपाली सेनाले सुदूरपश्चिम प्रदेशलाई ७–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको म्यान अफ द म्याच सेनाका सुमितकुमार कामी घोषित हुनुभयो ।

आजै तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ५–० गोलअन्तरले पराजित गरेको छ । प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश नं १, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता नेपाली सेनालाई नगद रु ७५ हजार र उपविजेता सुदूरपश्चिम प्रदेशलाई रु ४१ हजार र तेस्रो हुने गण्डकी प्रदेशलाई रु २१ हजार पुरस्कार प्रदान गरियो ।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाल हक्की सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मा, नेपाल उद्योग वाणिज्य महासङ््घका प्रदेश वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, नेपाल हक्की सङ्घ मोरङका अध्यक्ष राजेश गुप्तालागयतले विजेता खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार