असार २५, २०८२ बुधबार July 9, 2025

एमसीसी विरुद्ध नाै दलले आन्दोलन चर्काउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संसद बाहिरका विभिन्न ९ राजनीतिक दलले कालापानी अतिक्रमण तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), सीपी मैनालीको नेकपा माले लगायत ९ दलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ‘भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रसहितका भूमि अतिक्रमण गरेको तथा अमेरिकाले हिन्द प्रशान्त रणनीति अन्तर्गत एमसिसी सम्झौता अगाडि बढाएको निष्कर्ष निकाल्दै माघ २४ बाट संयुक्त संघर्षको घोषणा गरेका हुन् ।

मसालका महामन्त्री मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता विरुद्ध काठमाडौँ उपत्यका, विराटनगर, जनकपुर, पोखरा, बुटवल सुर्खेत र धनगढीमा विरोधसभा गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया