भाद्र २, २०८३ मंगलबार August 18, 2026

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाणडौः सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन प्रदेशसभा भवन धनगढीमा आजदेखि सुरु भएको छ ।

६ महिना पुग्न केही दिनमात्र बाँकी छँदा हिँउदे अधिवेशन प्रारम्भ भएको हो । अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रदेशसभामा छलफलका लागि कार्यसूची दिन नसकेकोलगायत कारण अधिवेशन ढिलो गरी सुरु भएको हो ।

अधिवेशनको प्रारम्भमा दिइएको विषेश समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले प्रदेशसभाबाट अहिलेसम्म बनेका ऐन, कानून कार्यान्वयनको अवस्था, सरकारका काम कारवाही, बजेट तर्जुमा र कार्यान्वयनको अवस्थाका बारेमा गम्भीर ढङ्गले समीक्षा गर्ने समय आएको बताउनुभयो ।

उहाँले प्रतिपक्षीका आवाजलाई नसुनेर सहमति र सहकार्यविपरीत ढङ्गले सरकार अघि बढ्दा जनताका समस्या समाधान हुन नसकेको उल्लेख गर्नुभयो । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का लीलाधर भट्टले केन्द्रको गठबन्धन सरकारका कारण नेपालको आर्थिक अवस्था कमजोर बनेको बताउनुभयो । जनता समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले चारवर्षे कार्यकाल पूरा गरेको प्रदेश सरकार सबैतिर असफल हुँदा जनतामा निराशा छाएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का वीरमान चौधरीले उपलब्ध स्रोत साधनका आधारमा सरकारले जनअपेक्षाअनुसार पर्याप्त काम गरेको बताउनुभयो । बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक टेबुल गर्नुभयो ।

अधिवेशनका प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा वाचन गर्दै अधिवेशन उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख थापाले प्रदेशसभाले पारित गरेको सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार