असार २३, २०८२ सोमबार July 7, 2025

३८ लाख यूक्रेनी विदेशी शरणमा : राष्ट्रसङ्घ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एक महिनाअघि रुसले यूक्रेनमा गरेको आक्रमणपछि ३८ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेका संयुक्त राष्ट्रसङ्घको आइतबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । यद्यपि शरणार्थीको बहावमा पछिल्लो साता उल्लेख्य रुपमा सुस्ताएको छ ।

संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय, यूएनएचसीआरले युद्ध सुरूभएदेखि ३८ लाख २१ हजार ४९ युक्रेनीहरू देशबाट भागेका तथ्याङ्क सार्वजनिक गरेको हो । यो शनिवारको तथ्याङ्कभन्दा ४८ हजार ४५० सङ्ख्याको वृद्धि हो ।

विदेशमा पलायन भएकामध्ये ९० प्रतिशत महिला तथा केटाकेटीहरू रहेका यूएनएचसीआरले जनाएको छ ।

युक्रेनबाट जीवनका लागि भागेकामध्ये सबैभन्दा धेरै दुई लाख २० हजार छिमेकी पोल्याण्डमा पुगेका छन् भने ५० हजारभन्दा बढी रोमानिया पुगेका छन् । उनीहरूमध्ये झन्डै तीनलाखले रूसमा शरण लिएका बताइएको छ । एक महिनाअघि सङ्कट सुरु हुनुभन्दा अघि युरोपेली सङ्घको सदस्य रहेको पोल्याण्डमा करिब १५ लाख युक्रेनीहरू बसोबास गर्दै आएका तथ्याङ्कमा उल्लेख छ । फेब्रुअरी २४ मा आक्रमण हुनुभन्दा पहिले सरकारी नियन्त्रणमा रहेका क्षेत्रहरूमा बस्दै आएका कूल १० लाखभन्दा बढी मानिसहरूले अहिले आफ्नो घर छोडेर भागेका बताइएको छ । यसमा आन्तरिक रूपमा विस्थापित भएकामध्ये झन्डै छ लाख ५० हजार मानिसहरू पनि समावेश छन्।

युक्रेनको शरणार्थी सङ्कट दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा खराब सङ्कट हो ।

संयुक्त राष्ट्रसङ्घ बालकोष, युनिसेफले बिहीबार बताएअनुसार यूक्रेनमा रुसले आक्रमण सुरु गरेदेखि अहिलेसम्म अनुमानित ७५ लाख बाल जनसङ्ख्याको आधाभन्दा बढी अर्थात् झन्डै ४३ लाख बालबालिकाहरू आफ्नो घर छोड्न बाध्य भएका छन् ।

यसमध्ये झन्डै १५ लाख बालबालिकाहरू शरणार्थी बनेका छन् भने २५ लाख युद्धग्रस्त देशभित्र विस्थापित भएका बताइएको छ ।

युद्धका कारण युक्रेनको जीवनस्तर खस्कँदै गए पनि दिनहुँ विदेशिनेको सङ्ख्या पछिल्लो हप्तामा प्रतिदिन एक लाख भन्दा कम र हालैका दिनहरूमा ५० हजार भन्दा कम भएको छ । यस तथ्याङ्कमा युक्रेन छोडेर घर फर्कन गएका छिमेकी राज्यका नागरिकहरू समावेश गरिएका छैनन् ।

यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म युक्रेनी शरणार्थीमध्ये प्रत्येक दश जनामा छ व्यक्ति पोल्याण्ड पुगेका छन् अर्थात् पोल्याण्ड पुनेको सङ्ख्या २२ लाख ६७ हजार १०३ रहेको छ । युक्रेनबाट तत्काल पश्चिमी छिमेकीहरूमा प्रवेश गर्ने धेरै मानिसहरू युरोपको शेंजेन खुला सिमाना क्षेत्रका अन्य राज्यहरूमा जाने क्रम निरन्तर रहेको छ ।

धेरै जना विपरीत दिशातर्फ पनि गइरहेका छन् । सीमा रक्षकहरूले युद्ध सुरु भएदेखि लगभग दुई लाख ७४ हजार मानिसहरू पोल्याण्ड छोडेर युक्रेन गएका पनि बताइएको छ ।

विदेशिएका शरणार्थीमध्ये करिब छ लाख रोमानियामा प्रवेश गरेका छन् र यीमध्ये अधिकांशे रोमानिया र युक्रेनको बिचमा रहेको मोल्डोभाबाट पार गरेका छन् । धेरै मानिसहरू रोमानिया हुँदै अन्य मुलुकतर्फ गएका पनि बताइएको छ ।

यूएनएचसीआरले तीन लाख ८१ हजारभन्दा बढी युक्रेनीहरू गरिब राष्ट्र माल्डोभातर्फ गएका बताइएको छ । त्यसै गरी करिब तीन लाख ५० हजार यूक्रेनीले हङ्गेरीमा शरण लिन पुगेका छन् ।

यूएनएचसीआरको तथ्याङ्कअनुसार रूसमा लगभग २७ लाख ७१ हजारभन्दा शरणार्थीहरूले आश्रय लिएका छन् ।

यसबाहेक, फेब्रुअरी २१ देखि २३ को बीच पूर्वी युक्रेनको डोनेट्स्क र लुगान्स्कका पृथकतावादी समर्थक क्षेत्रहरूबाट एक लाख १३ हजार मानिसहरू रूसमा प्रवेश गरेका थिए ।

युक्रेनको सबैभन्दा छोटो सीमा पार गरेर करिब दुई लाख ७२ हजार मानिस स्लोभाकिया पुगेका छन् भने करिब छ हजार ५०० शरणार्थीहरू रूसको निकट सहयोगी बेलारूसको उत्तरी क्षेत्रमा पुगेका छन् । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार