असार २२, २०८१ शनिबार July 6, 2024

चीनमा मात्रै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ। भाइरसबाट १ हजार ९७५ जना संक्रमित भएका छन्।

चीनका राष्ट्रपति सी चिनफिङले यो कुराको पुष्टि गरेका हुन्।

भाइरसको संक्रमण बढ्दै गएपछि चीनमा ठूलो संख्यामा यातायातका साधनमा रोक लगाइएको छ भने १३ सहर ठप्प छन्।

शनिबारसम्म मात्रै विश्वका अन्य भागमा २ हजारभन्दा बढी मानिस प्रभावित भएको चिनियाँ सञ्चारमाध्यम सीसीटिभीले जनाएको छ।

चीनको वुहान सहरस्थित समुद्री खानाको बजारबाट यो भाइरस सरेको विश्वास गरिन्छ।

नेपालमा पनि अहिलेसम्म एक जनामा यसको संक्रमण भएको पुष्टि भएको छ भने चीनबाट फर्केका अन्य तीन जनामा संक्रमणको आशंका गरिएको छ। उनीहरू अहिले अस्पताल भर्ना भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया