वैशाख ३१, २०८१ सोमबार May 13, 2024

वैद्यनाथ धाममा आठौं शिव साधना कार्यक्रम सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः वैद्यनाथ धाममा आठौं शिव साधना कार्यक्रम आजबाट सुरु भएको छ । परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाको सानिध्यतामा चैत १५ गतेदेखि २० गतेसम्म शिव साधना हुने आयोजकको भनाइ छ ।
आठौं शिव साधना कार्यक्रममा १०८ ज्योर्तिलिङ्गको प्राण प्रतिष्ठान, सवा करोड दिप प्रज्ज्वलन र महारुद्रीको समेत आयोजना हुने मदन बाबा भक्ति केन्द्रले जानकारी दिएको छ ।
इतिहासमै एकै पटक चार वटा कार्यक्रम सम्भवत वैद्यनाथ क्षेत्रमा हुने केन्द्रले जानकारी दिएको छ । साधनाको क्रममा साधकहरु प्रार्थना, ध्यान, जप, सत्सङगत र योगमा मदनबाबाले सत्मार्गमा लाग्न जीवन उपयोगी प्रवचन दिइरहेका छन् ।

साधनामा पितृहरुको उद्धार एवम् साधक साधिकामा विद्यमान रोग, दोष, विध्नबाधाबाट मुक्ति प्राप्त गर्न महारुद्री अनुष्ठान सहितको सवा करोड ज्योति प्रज्वलन पनि गरिने मदन वावा भक्ति केन्द्रका कार्यवाहक महासचिव निशा रानाको भनाइ छ ।

शिविरमा सहभागिताका लागि जुनसुकै धर्म, पेशा, जातजाति, भाषा, संस्कृतिका साथै जनुसुकै उमेरका व्यक्तिहरु सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्रीले आगामी जेठ ३ गते विश्वासको मत लिनुहुने
२०८१ वैशाख ३१, सोमबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
२०८१ वैशाख ३१, सोमबार
सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौंः मन्त्री शर्मा
२०८१ वैशाख ३१, सोमबार
स्वास्थ्यमन्त्रीमा नियुक्त प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ
२०८१ वैशाख ३१, सोमबार
प्रधानमन्त्री भन्छन्- दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ
२०८१ वैशाख ३१, सोमबार
जसपा नेपालले सभामुखलाई दियो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी
२०८१ वैशाख ३१, सोमबार
दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी
२०८१ वैशाख ३१, सोमबार