असार २९, २०८२ आइतबार July 13, 2025

नेपालसँग मलेसिया ६ विकेटले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। मलेसियाका लागि जुबाइदी जुल्किफले ३२, अहमद फैजले २४, मुहम्मद अमिरले १६ र सइद अजिजले १४ रन बनाए।

बलिङतर्फ नेपालका करन केसी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहोरा, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए।

११५ रनको लक्ष्य लिएर जवाफी व्याटिङ थालेको नेपालले १३ ओभर ४ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। नेपालका लागि आशिफ शेखले अर्धशतक प्रहार गरे। ३८ बलको सामना गरेका उनले ७ चौका र १ छक्काको मद्दतमा ५७ रन बनाए।

यस्तै दीपेन्द्र सिंह ऐरीले २१, रोहित पौडेलले १२, दिलिपनाथले १५, कुशल मल्लले २ र कुशल भुर्तेलले १ रन बनाए। मलेसियाका पवनदीप सिंहले दुई तथा सइद अजिज र मुहम्मद अमिले एक–एक विकेट लिए।

नेपालले आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई हराएको थियो। सिरिजमा नेपाल, मलेसिया र पीएनजी सहभागी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार