भाद्र २, २०८३ मंगलबार August 18, 2026

गणपुरक संख्या नपुगेपछी मधेस प्रदेशसभा बैठक विहिबारसम्म स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गणपूरक संख्या नपुगेपछि मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगन भएको छ। १ सय ४ जना सांसद रहेको प्रदेशसभामा १३ जना सांसद मात्र उपस्थित भएपछि अढाई मिनेट चलेर बैठक स्थगन भएको हो। अब अर्को बैठक बिहीबार ११ बजे बोलाइएको छ।

बुधबार बसेको प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले बैठक अगाडि नबढाउन सभामुखसँग आग्रह गरेका थिए।

एमाले सांसद किशोरी साह ‘कमल’ले धेरै दिनको ग्यापमा बस्ने प्रदेशसभा बैठकमा सांसद उपस्थित नभएपछि आपत्ति जनाए।

उनले सम्बन्धित मन्त्रीको विधेयक रहे पनि छलफलपछि जवाफ दिनुपर्नेमा मन्त्रीहरू पार्टीको कार्यक्रममा व्यस्त हुने गरेको बताए।

यसअघि पनि बसेको प्रदेशसभा बैठकमा सांसद बढी अनुपस्थित हुने गरेका छन्। गत सोमबार बोलाइएको बैठकमा १ सय ४ मध्ये ४७ जना मात्र उपस्थित भएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार