असार २९, २०८२ आइतबार July 13, 2025

जीतपुरसिमरा गोल्ड कपः बाग्मती सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साबिक विजेता सङ्कटा क्लबमाथि रोमाञ्चक जित हात पार्दै बाग्मती युवा क्लब, सर्लाही जगदम्बा १२औँ जीतपुरसिमरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रङ्गशालामा मङ्गलवार भएको अन्तिम क्वार्टर फाइनल खेलमा बाग्मतीले सङ्कटामाथि १ −० को जित निकालेको हो । बाग्मतीको जितसँगै गोल्ड कपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

बाग्मतीले अब फाइनल प्रवेशका लागि विभागीय टिम एपिएफ क्लबसँग खेल्नेछ । हिमालयन शेर्पालाई पराजित गर्दै एपिएफ क्लब यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिस्पर्धात्मक भिडन्तमा बाग्मती सङ्कटामाथि अतिरिक्त समयमा गोल गर्दै जित निकालेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको २७औँ मिनेटमा बाग्मतीका लागि अनिल राना मगरले गोल गरेका हुन् । डिना गुरुङले प्रहार गरेको फ्रिकिक बलमा अनिलले टिमका लागि निर्णायक गोल गरेका थिए ।

बाग्मतीको तुलनामा आकर्षक खेल प्रदर्शन गरे पनि फिनिसिङमा चुकेको सङ्कटा अन्ततः पराजय भोग्दै प्रतियोगिताबाट बाहिरियो । सङ्कटाले खेलको सुरुवातदेखि बाग्मतीमाथि दबाब सिर्जना गरेको थियो ।

ए डिभिजनका अनुभवी खेलाडीसहित मैदानमा उत्रिएको सङ्कटा पहिलो हाफमा बाग्मतीलाई कुनै अवसर बनाउन दिएनन् । खेलको म्यान अफ दि म्याच बाग्मतीका अभिशेष वाइबा घोषित भए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार