असार २२, २०८१ शनिबार July 6, 2024

विश्वको सबैभन्दा ठूलो ट्वीइन–इन्जिनयुक्त बोइङ ७७७ एक्स विमानले गर्‍यो सफल परीक्षण उडान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विमान निर्माता कम्पनी बोइङले विश्वको सबैभन्दा ठूलो ट्वीइन–इन्जिनसहितको जेट विमान ७७७ एक्सको सफल परीक्षण उडान गरेको छ । पहिलो परीक्षण उडान सफल भएको बोइङले जनाएको छ ।

७३७ म्याक्स संस्करणका दुई विमान दुर्घटनामा ३४६ जनाको ज्यान गएपछि संकटमा परेको इज्जत उकास्ने पहिलो प्रयास हो यो बोइङको । विगत एक वर्षदेखि बोइङ ७३७ म्याक्स संस्करणका विमान विश्वभर ग्राउण्डेड छन् ।

बोइङको नयाँ जेट विमान ७७७ एक्सको परीक्षण उडान अमेरिकाको सियाटलबाट सुरु भएको थियो । सो विमानले चार घण्टाको उडान भेरेर सफल अवतरण गरेको हो । यसअघि यहि हप्ता यो विमानको परीक्षण उडान तीव्र गतिको हावाका कारण दुई पटक स्थगित गरिएको थियो ।

यो विमानले आउँदो वर्षदेखि इमिरेट्स एयरमार्फत व्यवासयिक उडान सुरु गर्दैछ । त्यसअघि विभिन्न चरणमा परीक्षण उडान हुनेछन् ।

२५२ फिट लामो जेट विमान यहि वर्ष व्यवसायिक प्रयोजनका लागि प्रस्तुत गर्ने तयारी थियो तर केही प्राविधिक समस्या देखिएपछि अर्को वर्षका लागि सारिएको हो ।

बोइङको सफल ७७७ मिनी–जम्बो विमान भन्दा ७७७ एक्स ठूलो र बढी किफायती छ । यो विमानको सिट क्षमता ३६० रहेको छ । यसको प्रतिस्पर्धा एयरबसको ए ३५०–१००० विमानसँग हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया