असार २९, २०८२ आइतबार July 13, 2025

आईपीएलमा बैं‌गलाेरकाे पहिलाे जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इन्डियन प्रिमियर लिग (आईपिएल) मा रोयल च्यालेन्जर्स बैंगलाेर (आरसीबी) ले कोलकाता नाइड राइडर्स (केकेआर) लाई तीन विकेटले हराएको छ । गए राति कोलकाताले दिएको १२९ रनको लक्ष्य आरसीबीले १९ ओभर २ बलमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

आरसीबीका सेरफेन रदरफोर्डले सर्वाधिक २८ रन बनाए । यस्तै, सहबाज अहमेदले २७ र डेविड विलेले १८ रन जोडे ।

केकेआरका टिम साउदीले तीन विकेट लिँदा उमेश यादवले दुई र सुनिल नारायनले एक विकेट लिए ।

टस हारेर ब्याटिङमा निम्त्याइएको केकेआरले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १२८ रनको योगफल खडा गरेको थियो ।केकेआरका आन्द्रे रसेलले २५ रन बनाए । यस्तै, उमेश यादवले १८ रन जोड्दा साम विलिङ १४ रन बनाएर आउट भए ।

केकेआरलाई सस्तैमा समेट्न आरसीबीका बनिन्दु हसरंगाले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन खर्चिए । यसबाहेक, आकाशदिपले तीन र हर्शल पटेलले एक विकेट लिए ।

जितसँगै बैंगलोरले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा बैंगलोर पञ्जावसँग ५ विकेटले हारेकाे थियाे । कोलकाताकाे यो पहिलो हार हो । पहिलो खेलमा कोलकाताले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार