असार २३, २०८२ सोमबार July 7, 2025

गठबन्धन चुनावसम्म कायम हुन्छः प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पार्नुभएको छ ।

रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा उहाँले गठबन्धन आवश्यकताले जन्मिएको र त्यो निर्वाचनसम्म कायम रहने स्पष्ट पार्नुभएको हो । “गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो, संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका हौँ, कांग्रेसले पनि गठबन्धन कायम राखेर जाने भन्ने निर्णय गरिसकेको छ, अब कुनै द्विविधा छैन, निर्वाचन शान्तिपूर्ण हुन्छ, निष्पक्ष हुन्छ”–उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, समावेशिताको रक्षामा माओवादी केन्द्र लाग्ने भन्दै मुलुकमा सङ्कटको समयमा आफ्नो पार्टीले जहिले पनि महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा आउने सबै सङ्कटमा मोचनको भूमिका खेल्ने काम माओवादी केन्द्रले गरेको छ, तर सबैले माओवादीलाई त्यो भूमिका खेलेको रुपमा स्वीकार नगरेको स्थिति छ ।”

उहाँले प्रेस तथा पत्रकारिता क्षेत्र सङ्घीय लोकतान्त्रिक प्रक्रियाको एउटा महत्वपूर्ण क्षेत्र भएको बताउँदै भन्नुभयो “प्रेसको जसरी विकास भएको छ, जुन गतिमा विकास भएको छ, स्वतन्त्रताको जुन तहमा उपभोग गरिएको छ, यो उत्साहजनक छ ।”

उहाँले देशको अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्दै अर्थतन्त्रलाई सम्हालेर लैजानेतर्फ प्रयास जारी रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले श्रीलङका जस्तो स्थितिमा नेपाल नरहे पनि भोलिका दिन नेपालमा पनि अप्ठ्यारो स्थिति आउन सक्ने भन्दै त्यसको समाधानको लागि पहल सुरु भइरहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार