असार २९, २०८२ आइतबार July 13, 2025

पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो एकदिवसीय क्रिकेट खेलमा घरेलु टोली पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

लाहोरमा बिहीबार राति जित निकालेसँगै पाकिस्तान तीन एकदिवसीय शृंखलामा १-१ को अवस्थामा पुगेको छ ।  पहिलो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले हराएको थियो ।

अष्ट्रेलियाले दिएको ३४९ रनको लक्ष्य पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे ।

पाकिस्तानका कप्तान बाबर आजमले ११४ रनको शतकीय इनिङ खेले । यस्तै इमाम उल हकले १०६ तथा  फखर जमानले ६७ रनको योगदान गरे । अष्ट्रेलियाका एडम जाम्पाले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ८  विकेट गुमाएर ३४८ रन बनाएको थियो ।

अष्ट्रेलियाका बेन म्याकडेरमोटले सर्बाधिक १०४ रन बनाए । यस्तै टार्भिस हेडले ८६ रन जोड्दा मार्नुसले ५९ रन बनाए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ तथा मोहमद वासिमले २ विकेट लिए । तेस्रो खेल शनिबार हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार