असार २९, २०८२ आइतबार July 13, 2025

आइपीएल: कोलकत्ताको लगातार दोस्रो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ  । शुक्रबार राति पन्जाबले दिएको १३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकत्ताको जितमा आन्द्रे रसेलले अविजित रहदै ७० रन बनाए । यस्तै कप्तान श्रेयस आयरले २६ र साम विलिङ्सले अविजित २४ रन बनाए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा अलआउट हुँदै १३७ रन बनायो । पन्जाबका लागि भानुका राजपाक्षेले ३१ रन जोड्दा कागिसो राबडाले २५ रन बनाए ।

लियाम लिभिङस्टोनले १९, शिखर धवनले १६ तथा हारप्रित ब्रारले १२ रन बनाए । कोलकत्ताका उमेश यादवले ४ विकेट लिदा  टिम साउथीले २ विकेट लिए ।

जितसँगै कोलकत्ताले ३ खेलबाट ४ अंक जोड्दै  शीर्ष स्थानमा उक्लिएको छ  । पन्जाबको  भने यो पहिलो हार हो । पन्जाबले २ खेलमा २ अंक  छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार