वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

कर्णाली प्रदेशसभा बैठक: तीन विधेयक टेबुल, एक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको १७औँ बैठकमा तीन विधेयक टेबुल गरिएको छ ।

सभामुख राजबहादुर शाहीले आजको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूमन्त्री हिमबहादुर शाहीले विधेयक टेबुल गर्न समय दिनुभयो ।

कानूनमन्त्री शाहीले ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक,’ ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरुको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभासमक्ष टेबुल गरिएको छ । त्यसैगरी उहाँले ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सभासमक्ष टेबुल गर्नुभएको थियो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले कर्णाली ‘प्रदेश आर्थिक कार्यविधिको संशोधन विधेयक, २०७८’ सामान्य छलफलका लागि सभामा प्रस्ताव गर्नुभयो । उक्त विधेयकमाथिको छलफल भएसँगै उपसभामुख पुष्पा घर्तीले विधेयकमाथि संशोधनको सूचना पेस गर्न ७२ घण्टाको समयसीमा प्रारम्भ भएको जानकारी दिनुभयो ।

प्रदेशसभाको आजको बैठकमा ‘प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७८’ सर्वसम्मत पारित भएको छ । अर्को बैठक चैत २२ गते दिउँसो १ बजे हुनेछ । –रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया