वैशाख २७, २०८१ बिहिबार May 9, 2024

पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आराध्यदेव भगवान् श्रीपशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् ।

कोष सञ्चालक परिषद्को यही चैत १४ गतेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव डा. मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

पशुपतिनाथको नाममा रहेका जग्गा श्रीपशुपतिनाथ अमालकोट कचहरी कार्यालय, श्रीपशुपतिनाथ भण्डार तहबिल कार्यालय र श्री पशुपतिनाथ जयवागेश्वरी भण्डार तहविल कार्यालयको लगतमा छन् । तीनै कार्यालयको लगतमा रहेका तर दर्ता नभएका जग्गा अब कोष सञ्चालक परिषद्को निर्णयअनुसार मात्र दर्ता हुनेछन् ।

पशुपतिनाथको गुठीले समेत चिनिने यी जग्गा दर्ता गर्ने विषय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभाग, नापी विभाग र मालपोत कार्यालयमा समेत पत्राचार गरी जानकारी गराइएको थापाले बताउभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक
२०८१ वैशाख २७, बिहिबार
उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं : अशोक राई
२०८१ वैशाख २७, बिहिबार
एमाले र माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने तयारीमा
२०८१ वैशाख २७, बिहिबार
एकीकृत समाजवादीले तत्काल सरकार छोड्ने सम्भावना छैन : उपाध्यक्ष पाण्डे
२०८१ वैशाख २७, बिहिबार
लिङदेनको प्रश्न- प्रधानमन्त्री प्रचण्डले सत्ता जोगाउन दल फुटाउने देखि अरू के के गर्लान् ?
२०८१ वैशाख २७, बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त
२०८१ वैशाख २७, बिहिबार
मन्त्रिपरिषद्को बैठकमा उपेन्द्र यादव अनुपस्थित !
२०८१ वैशाख २७, बिहिबार