कार्तिक २८, २०८३ शनिबार November 14, 2026

अमेरिकाद्वारा नेपाललाई ७९ अर्ब ७१ करोड अनुदान सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः संयुक्त राज्य अमेरिकाको विकास सहयोग नियोग (यूएसएआईडी) ले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ वैदेशिक अनुदान दिने भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैङ्कको १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने तथा संयुक्त राज्य अमेरिकाको विकास सहयोग नियोग (यूएसएआईडी) ले दिने करिब ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले दुई दिन बिदा दिने वा नदिने भन्ने विषयमा छलफल भए पनि कुनै निर्णय नभएको जानकारी दिनुभयो  ।

त्यस्तै, प्रवक्ता कार्कीले बैठकमा सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकले राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
२०८३ कार्तिक २८, शनिबार
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
नयाँ पुस्तालाई इतिहास र संघर्षको अनुभव हस्तान्तरण गर्न अध्यक्ष बिजुक्छेँको आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार