असार २२, २०८१ शनिबार July 6, 2024

नेपालसहित १८ देशमा देखियो कोरोनाको संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोना भाइरसको संक्रमण १८ देशमा फैलिएको छ। चीनको हुबेई प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोनाको संक्रमण झन्डै पाँचहजार जनामा देखिएको छ।

चीन सरकारले दिएको जानकारीअनुसार चीनमा मंगलबारसम्म १ सय ६ जनाको मृत्यु भएको छ त्यहाँ यस भाइरसको संक्रमण ४ हजार ५ सय ७७ जनामा देखिएको छ।

चीनबाहेक यस संक्रमण १७ देशमा फैलिसकेको छ। चीनबाहिर कोरोनाको संक्रमण ६८ जनामा देखिएको सीएनएनले जनाएको छ।

कुन देशमा कति संक्रमित?

१. थाइल्यान्डः १४

२. हङकङः ८

३. मकाउः ५

४. अस्ट्रेलियाः ५

५. सिंगापुरः ५

६. अमेरिकाः ५

७. मलेसियाः ४

८. जापानः ४

९. दक्षिण कोरियाः ४

१०. ताइवानः ४

११. फ्रान्स ३

१२. भियतनामः २

१३. क्यानडाः १

१४. कम्बोडियाः १

१५. जर्मनीः १

१६. नेपालः १

१७. श्रीलंकाः १ सीएनएन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया