असार २५, २०८२ बुधबार July 9, 2025

केही भएन होइन, सरकारले युगान्तकारी कामहरु गरेका छन् : प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही पनि काम भएन भनेर भएको प्रचार सही नभएको बताएका छन् । सरकारले युगान्तकारी काम गरिरहेको उनको दाबी छ ।

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘केही पनि काम भएन भनिन्छ । त्यस्तो होइन । प्रचार नभएको हुनसक्छ ।’

वर्षमा १० किलोमिटर मात्र सडक कालोपत्र हुने गरेको विगत रहेको भन्दै उनले भने, ‘अहिले दैनिक ५.७ किलोमिटर सडक कालोपत्रे हुन्छ ।’

आफ्नो नेतृत्वको सरकार बनेपछि अन्तर्राष्ट्रिय सूचकांकहरुमा समेत सुधार भएको भन्दै उनले तथ्यांक प्रस्तुत गरेका छन । आर्थिक वृद्धिदर यो वर्ष ६.५ प्रतिशत माथि रहेको तथा धानदेखि गहुँको उत्पादन समेत बढेको प्रधानमन्त्री ओलीले सुनाएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार