काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २०७७ चैतमा एकतापछिको पार्टीको पहिलो महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।
राष्ट्रिय सभागृहमा जारी पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ०७७ चैत २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ।
प्रतिवेदनमा ०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहको अधिवेशन गरिसक्ने बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया