असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा को-को थपिए (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थप गरेको छ । कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाको संयोजकत्वमा रहेको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थप गरेको हो ।

उक्त समितिमा रवीन्द्रलाल श्रेष्ठ काठमाडौँ, वामनप्रसाद न्यौपाने भक्तपुर, मोदराज डोटेल मोरङ, हेम गुरुङ कास्की, गणेश केसी ललितपुर, टेकराज पौडेल बागलुङ, दिनेश अमात्य धनकुटा, रमेश भुजेल झापा, विक्रमसिंह थापा कपिलवस्तु, फरिदा खातुन सुनसरी, खिमानसिंह रायमाझी प्यूठान, प्रकाश महर्जन काठमाडौँ, सन्तोष पाण्डे दोलखा र राजाराम पुडासैनी काठमाडौँ रहेको छ ।

यसैगरी, भोला नेपाल काभ्रेपलाञ्चोक, उद्धव खड्का भक्तपुर, शालिकराम खनाल नुवाकोट, शिव सुनार सिन्धुपाल्चोक, लेखनाथ पोखरेल अर्घाखाँची, सागर परियार बागलुङ, प्रदीप सत्याल काभ्रेपलाञ्चोक, नजवुल खाँन उदयपुर, विजय डालमिया झापा र सुरेश थापामगर स्याङ्जालाई सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीका उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यसअघि पार्टी केन्द्रीय सदस्य खतिवडाको संयोजकत्वमा निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति गठन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार