काठमाण्डौंः चालू आर्थिक वर्ष २०७८/०७९ को माघदेखि चैत महिनासम्ममा १५ अर्ब २२ करोड अन्तर्राष्ट्रिय आर्थिक सहायता नेपाल भित्रिएको छ ।
अनुदानतर्फ २ अर्ब ६१ करोड र ऋणतर्फ १२ अर्ब ६१ करोड गरी जम्मा १५ अर्ब २२ करोड अन्तर्राष्ट्रियआर्थिक सहायता प्रतिबद्वता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
गत तीन महिनामा भित्रिएको रकममा माघ ११ गते ऋणतर्फ जापान सरकारबाट १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋणको प्रतिबद्धता पनि समावेश छ । त्यस्तै, फागुन १६ गते विश्व बैंकबाट स्वास्थ्य क्षेत्रअन्तर्गत कोभिड प्रतिकार्यका लागि २ अर्ब १४ करोड ऋण रकम सहायताको प्रतिबद्धता प्राप्त भएको छ ।
फागुन २६ गते जापान सरकारबाट वाटर सप्लाई क्षेत्रअन्तर्गत विराटनगरस्थित वाटर सप्लाई इन्भेष्टमेन्ट प्रोजेक्टका लागि २ अर्ब ६१ करोड अनुदान रकम सहायताको प्रतिबद्धता प्राप्त भएको छ ।
चालू आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा अनुदानतर्फ ९ अर्ब ४६ करोड २६ लाख र ऋणतर्फ १ खर्ब १६ अर्ब ६० करोड ९८ लाख गरी जम्मा १ खर्ब २६ अर्ब ७ करोड २४ लाख अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया