असार २५, २०८२ बुधबार July 9, 2025

राप्रपा केन्द्रीय समिति बैठकको एजेण्डा तय, राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मतीले अनुमोदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले अनुमोदन गरेको छ ।

बुधवार बसेको कार्य सम्पादन समितिको बैठकले अध्यक्ष थापाले केन्द्रीय कार्य समितिको पूर्ण बैठकमा पेश गर्न तयार पारेको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन अनुमोदन गरेको हो ।उक्त प्रतिवेदन विहिवारदेखि काठमाण्डौमा सुरू हुने केन्द्रीय कार्य समितिको पूर्ण बैठकमा पेश गरिने पार्टी कार्यालयले जनाएको छ ।

यसबाहेक बैठकले महामन्त्री भास्कर भद्राद्धारा सचिवालय र आगामी कार्यक्रम सम्बन्धि प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालद्धारा पेश गरिएको आर्थिक प्रतिवेदन पनि अनुमोदन गरेको छ। ती प्रतिवेदन पनि केन्द्रीय समितिको बैठकमा पेश गरिने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

केन्द्रीय कार्यालय धुम्बाराही विहान ११ बजेबाट सुरु हुने केन्द्रीय कार्यसमितिको पूर्ण बैठक केन्द्रीय महाधिबेशनमा पार्टी सम्बन्धमा बढी केन्द्रीत हुनेछ ।

महाधिवेशन सम्बन्धी कार्य अगाडि बढाउन यसअघि जिम्मेबारी प्रदान गरिएका उपाध्यक्ष तोरण गुरुङले पेस गरेको सांगठनिक तह सम्बन्धी नियमावली २०७६, निर्वाचन निर्देशिका २०७६ लाई पनि आजको बैठकले अनुमोदन गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार