वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गर्नुभएको हो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा वैशाख २१ गते बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परियारसमक्ष सिफारिस गरेकामा उहाँले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ः०० बजेबाट प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया