असार ३०, २०८२ सोमबार July 14, 2025

राष्ट्रिय भलिवलः महिलातर्फ एपीएफ र पुलिस विजयी हुँदा न्यु डायमन्ड पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आरबीबी एनभिए क्लब लिग च्याम्पियनसिप २०७९ को पाँचौ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यु डायमन्ड क्लब पराजित भएको छ ।

एभरेष्ट भलिबल क्लबलाई ३–१ सेटको नतिजामा पराजित गर्‍याे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा एपीएफले एभरेस्टलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले हरायो ।

जितसँगै प्रतियोगितामा तीन खेल खेलेको एपीएफले ६ अंक जोडेको छ । समान खेलबाट एभरेस्टले दुई अंक जोड्यो ।

आज नै भएको महिलातर्फको दोस्रो  तथा अन्तिम खेलमा साविक विजेता न्यु डायमन्ड स्पोर्टस् क्लबलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पराजित गर्‍याे ।

राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको पुलिसले डायमन्डलाई २५–११, २५–१७, २५–१५ को सोझो सेटमा हरायो ।

प्रतियोगितामा लगातार तेस्रो जित निकालेको पुलिस ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । साविक विजेता डायमन्डको मात्र एक अंक जोडेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया