असार ३०, २०८२ सोमबार July 14, 2025

कर्णाली प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीका लागि कर्णाली प्रदेशले नगद पुरस्कारको घोषणा गरेको छ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौँ खेलकुदको पदक विजेताका लागि नगद पुरस्कार घोषणा गरिएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालले जानकारी गराउनुभयो ।

सदस्यसचिव विश्वामित्रका अनुसार स्वर्ण विजेताले जनही २ लाख नगद प्राप्त गर्ने छन् । यस्तै रजत विजेताले १ लाख ५० हजार र कांस्य पदक विजेतालाई १ लाख प्रदान गरिने सदस्यसचिव विश्वामित्रले जानकारी गराउनुभयो ।

नवौँ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुनेछ । नवौँमा कुल ३६ खेल समावेश गरिएको छ  । कर्णालीले नवौँमा २७ खेलमा सहभागिता जनाउने छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट ५ सय ६० जनाको सहभागिता रहने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया