कार्तिक १८, २०८३ बुधबार November 4, 2026

कुन अंग फरफराउँदा के हुन्छ ? (तस्विर सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः समुन्द्र शास्त्रका अनुसार हाम्रो शरीरका हरेक अंगको विशेष महत्व छ । हरेक अंग प्रत्यंगको चालले भविष्य र स्वभाव निर्धारण गर्छ । हाम्रो शरीरका अनेक अंगमा हुने प्रतिक्रियाले पनि विशेष अर्थ राख्छ ।

समुन्द्र शास्त्र अनुसार कुनै पनि अंग फरफराउँदा त्यसको विशेष अर्थ हुन्छ । सामान्यतः पुरुषलाई दायाँ अंगले राम्रो र महिलालाई बायाँ अंगले शुभ फल दिने समेत समुन्द्र शास्त्रको भनाइ छ ।

कुन अंग फरफराउँदा के अर्थ ?

१ गाला
समुन्द्र शास्त्रका अनुसार कुनै पनि ब्यक्तिको दुवै गाला फरफरायो भने धनलाभ हुन्छ ।

meaning of organ reaction 1

२ काँध
यदि दायाँ काँधमा फरफर भयो भने बुझ्नुस् तपाइँलाई फाइदा मिल्ने वाला छ ।

meaning of organ reaction 3

३ कन्चट
कहिले काँहि कन्चटमा पनि फरफर अनुभव हुन्छ । यदि कन्चट फरफरायो भने आर्थिक लाभ हुन सक्छ ।

meaning of organ reaction 4

४ निधारमाथिको भाग
निधारमाथिको भाग फरफरायो भने बुझ्नुस् तपाइँलाई सम्मान मिल्ने वाला छ । यसले भौतिक सुख र समृद्धी बढ्ने संकेत पनि गर्छ ।

meaning of organ reaction

५ बायाँ काँध
यदि कुनै पनि ब्यक्तिको बायाँ काँध फरफराउँछ भने त्यसले सफलताको संकेत गर्छ ।

 

६ निधारको तल्लो भाग

निधारको तल्लो भागमा फरफर गरेमा यसले पनि शुभ संकेत गर्छ । यसले तपाइँलाई बढुवा वा उच्च पद मिल्ने संकेत गर्छ ।

७ दायाँ खुट्टो

पुरुषको दायाँ खुट्टो फरफराएमा यसले अशुभ संकेत गर्छ । यसले मान सम्मानमा हानी हुने मानिन्छ ।

meaning of organ reaction 5

८ बायाँ खुट्टो

तपाइँको बायाँ खुट्टो फरफरायो भने यसले लामो यात्रा हुने संकेत गर्छ ।

 

९ दायाँ आँखा
पुरुषलाई दायाँ आँखा फर्किनुको अर्थ शुभ मानिन्छ । दायाँ आँखा फर्किँदा ब्यक्तिको चाहाना पुरा हुने समुन्द्र शास्त्रको भनाइ छ । स्त्रीका लागि दायाँ आँखा फरफराउनु अशुभ मानिन्छ ।

meaning of organ reaction 6

 

१० बायाँ आँखा

कुनै पनि पुरुषको बायाँ आँखा फरफराएमा अशुभ मानिन्छ । यसले तपाइँलाई नोकशानी हुने वा खराव खबर पाउने संकेत गर्छ । तर स्त्रीका लागि बायाँ आँखा फरफर गर्नु राम्रो मानिन्छ । यसले शुभको संकेत गर्छ ।

११ ओंठ

ओंठको दाइने भाग फरफरायो भने राम्रो खानेकुरा प्राप्त हुने संकेत गर्छ । नयाँ साथीसँग भेट हुने सम्भावना पनि हुने समुन्द्र शास्त्रको भनाइ छ । तर तल्लो भाग फरफरायो भने झगडा पर्ने संकेत गर्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
२०८३ कार्तिक १८, बुधबार
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
२०८३ कार्तिक १८, बुधबार
जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह
२०८३ कार्तिक १८, बुधबार
सिभिल अस्पतालमा मुटु र फोक्सोका गम्भीर बिरामीको उपचारका लागि ईक्मो सेवा सञ्चालन
२०८३ कार्तिक १८, बुधबार
युद्धमा फर्कदा कसैलाई फाइदा हुँदैन : इरानी राष्ट्रपति
२०८३ कार्तिक १८, बुधबार
कात्तिक २० देखि प्रदर्शनमा आउने ‘पाँच पाण्डव’को ट्रेलर-२ सार्वजनिक
२०८३ कार्तिक १८, बुधबार
पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने
२०८३ कार्तिक १८, बुधबार