असार २४, २०८२ मंगलबार July 8, 2025

निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन काँग्रेसको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार उपयोग गरी स्थानीय विकासलाई अगाडि बढाउने र नागरिकको घर दैलोमा सेवा पुर्‍याउने जनप्रतिनिधिको चयन गर्न अनुरोध गरेको छ ।

पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता डा प्रकाश शरण महतले कुनै किसिमको प्रलोभन, डर, धाक, धम्कीमा नपरी मतदान गर्न सबैलाई आग्रह गर्नुहुँदै भयरहित वातावरणमा निर्वाचन हुनेमा पार्टी विश्वस्त रहेको बताउनुभयो ।

प्रवक्ता महतले चितवनमा नेपाली काँग्रेसका प्रदेश प्रतिनिधि अनिल परियारको हत्या भएकोमा त्यसको निन्दा गर्नुहुँदै दोषीमाथि कारबाहीको माग गर्नुभयो ।

उहाँले रुकुम पश्चिम, बाजुरा, सप्तरी, सिन्धुपाल्चोक, नुवाकोट, पाण्डु सेन लगायत केही स्थानमा छिटफुट झडपका घटना भएकोमा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण मिलाउन पार्टीका तर्फबाट सरकारसँग आग्रह गर्नुभयो ।

पार्टीले स्थानीय सरकारलाई नागरिकको सेवकमा रूपान्तरण गर्ने, जनतामुखी नीति र उत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्दै सबैलाई शिक्षा र सीपमूलक तालिमको अवसर उपलब्ध गराउने बताउनुभयो ।

प्रवक्ता डा. महतले जनशक्तिको व्यवस्था, पूर्वाधार र सेवाको गुणस्तर मापदण्ड निर्माण, यथार्थपरक बजेट निर्माण कम वन रहेका ३०५ भन्दा धेरै स्थानीय तहमा वनको विकास तथा ‘फोहरबाट मोहर आर्जन’ गर्ने कार्यक्रमलाई उच्च प्राथमिकताका साथ पार्टीले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार