काठमाडौंः पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले भोलि हुने स्थानीय तहको निर्वाचनमा मत नहाल्ने भएका छन् ।
उनले आफूले यसपटक मतदान नगर्ने जनाएका हुन् । पछिल्लो समय उनी कुनै पनि पार्टीमा सक्रिय छैनन् । एमालेबाट पनि राजीनामा दिईसकेका छन् ।
गौतम बर्दियाको बाँसगढी नगरपालिका वडान म्बर १ को मतदाता हुन् ।
राष्ट्रियसभाका सदस्यसमेत रहेका नेता गौतमले स्थानीय तहको निर्वाचनमा भने माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) को लागि निर्वाचन विशेष गीत लेखेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया