काठमाण्डौः शेयर बजार शुक्रवारबाट चार दिनसम्म बन्द हुने भएको छ। चार दिनसम्म सार्वजनिक बिदा परेको हुदाँ शेयर बजार बन्द हुने भएको हो।
शुक्रवार निर्वाचनका लागि सार्वजिनक बिदा दिइएको छ । तथापि शुक्रबार शेयर बजार बन्द नै हुने गर्छ। बैशाख ३१ गते शनिवार परेको छ ।
जेठ १ गते आईतबार परे पनि सरकारले त्यही दिनदेखि आइतवार पनि सार्वजनिक विदा दिने घोषणा गरेकाले बजार बन्द हुने भएको हो । जेठ २ गते सोमबार बुद्ध जयन्ती परेको कारण सार्वजनिक विदा हुने छ।
बिहीबारको कारोबारपछि बजार अब जेठ तीन गते मंगलबार मात्रै र खुला हुने छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया