असार २२, २०८१ शनिबार July 6, 2024

भारतमा पनि भेटियो कोरोना भाइरस संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस भारतमा पनि पुगेको छ । केरला राज्यमा कोरोना भाइरस संक्रमित विद्यार्थी भेटिएको त्यहाँका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको लक्षण देखिएको हो । भारतमा करिब पाँच सय बिरामीलाई निगरानीमा राखिएको छ ।

नेपालमा पनि एक विद्यार्थीमा यो भाइरसको लक्षण देखिएको छ । कोरोना भाइरसले चीनमा १७० को ज्यान लिइसकेको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया