असार ३०, २०८२ सोमबार July 14, 2025

सिटी वेस्ट ह्यामसँग रोकियो, उपाधि जित्न अन्तिम खेल कुर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः खेल सकिन चार मिनेट अघि पाएको पेनाल्टीलाई रियाद महारेजले सदुपयोग गर्न नसक्दा आइतबार राति इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्ट ह्याम युनाइटेडसंग शीर्ष स्थानको म्यानचेस्टर सिटी २-२ गोलको बराबरीमा रोकिएको छ ।

यद्यपि वेस्ट ह्यामको घरेलु मैदानमा सिटीले २-० ले पछि परेको स्थितिमा पुनरागमन गरेको थियो । वेस्ट ह्यामका लागि दुवै गोल जारोड बोवेनले गरे ।

सिटीका लागि ज्याक ग्रेलिसले एक गोल गरे । वेस्ट ह्यामका भ्लादिमिर कोउफलले एक आत्मघाती गोल गरे ।

बराबरीसँगै अंक दूरी बढाउन असफल भएको सिटीले उपाधि जित्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । अन्तिम खेलमा सिटीले एस्टम भिल्लाको चुनौती सामना गर्नेछ ।

यता दोस्रो स्थानमा रहेको लिभरपुलको दुई खेल बाकी छ । उसले यसै हप्ता साउथह्याम्पटन र उल्भ्ससँग खेल्नेछ ।

यदि साउथह्याम्पटनविरुद्ध लिभरपुल पराजित भए सिटीले उपाधि रक्षा गर्नेछ ।

जारी लिगमा सिटी ३७ खेलबाट ९० अंक जोडेर शीर्ष स्थानमा छ ।  लिभरपुल ८६ अंक साथ दोस्रो स्थानमा छ ।  वेस्ट ह्याम ५६ अंक जोडेर सातौँ स्थानमा  छ ।

आज नै भएको खेलमा टोटनहमले वर्नलीलाई १-० अन्तरले पराजित गर्‍यो । यस्तै लेस्टर सिटीले वाटफोर्डबिरुद्द ५-१ को सहज जित पायो । यस्तै उल्भ्स र नर्वीच, लिड्स र ब्राइटन तथा एस्टन भिल्ला र  क्रिष्टल प्यालेसले समान १-१ गोल अन्तरको बराबरी खेले ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल प्रिमियर लिग (एनपीएल)लाई निरन्तरता दिन कांग्रेसको माग
२०८२ असार ३०, सोमबार
रास्वपाद्वारा ऊर्जा विज्ञ सल्लाहकारमा तीन पूर्वसचिव मनोनीत
२०८२ असार ३०, सोमबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार ३०, सोमबार
नेपाल राष्ट्र बैंकद्वारा आजको विनिमयदर सार्वजनिक, डलर स्थिर, युरो महँगो
२०८२ असार ३०, सोमबार
फिफा क्लब विश्व कप चेल्सीको पोल्टामा, पिएसजी ३-० ले पराजित
२०८२ असार ३०, सोमबार
गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा
२०८२ असार ३०, सोमबार
नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग पराजित
२०८२ असार ३०, सोमबार