असार ३०, २०८२ सोमबार July 14, 2025

आइबा बक्सिङ : पुनम पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः टर्कीको ईस्तानबुलमा जारी आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको नेपालकी पुनम रावल पराजित भएकी छन् ।

महिला ५७–६० केजी तौलसमूहमा भएको खेलमा पुनम ग्रिसकी कानी मारिआलासँग पराजित भएकी हुन् ।

पहिलो राउण्डदेखि नै आक्रामक रूपमा खेल्ने प्रयास गरेकी पुनम टेक्निकल रूपमा अव्वल तथा अग्लो कदकी  मारिआलासँग पराजित भएकी थिइन् ।

मारिआलाले पहिलो राउण्डदेखि अन्तिमसम्म अग्रता कायम गर्दै युनानिमस डिसिजनको आधारमा ५ दशमलव ० को नतिजाले खेल आफ्नो पक्षमा पारेकी हुन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया