वैशाख ३०, २०८१ आइतबार May 12, 2024

पूर्वसांसद् विष्णुराज आचार्यको निधनमा संसद्‌द्वारा शोक प्रस्ताव पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाले पूर्वसांसद्  विष्णुराज आचार्यको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसांसद आचार्यको निधनमा शोक प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।

नेपाली कांग्रेस पार्टीबाट २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित आचार्यको ७४ वर्षको उमेरमा गत १० वैशाखमा निधन भएको थियो ।

बैठकले आचार्यको निधनप्रति शोक प्रकट गरी श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

संसदको अर्काे बैठक ४ जेठ बुधबार दिउँसो १ बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया