असार ३०, २०८२ सोमबार July 14, 2025

राष्ट्रिय क्रिकेट टोलीको उपकप्तान नियुक्त भए रोहित पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटर रोहित पौडेललाई राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा नियुक्त गरेको छ ।

क्यानले बिहीबार सामाजिक सञ्जालमार्फत रोहितलाई आइसिसी विश्वकप क्रिकेट लिग २ का लागि टिमको उपकप्तानमा नियुक्त गरेको जनाएको हो ।

लिग २ मा नेपालले अमेरिका र स्कटल्यान्डमा शृंखला खेल्ने तालिका छ । नेपालले अमेरिकामा घरेलु टोली र संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध त्रिदेशीय शृंखला खेल्नेछ ।

गत डिसेम्बरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीप लामिछानेलाई कप्तानी सुम्पिए पनि क्यानले उपकप्तानको टुङ्गो भने लगाउन सकेको थिएन् ।

यसअघि शृंखलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो ।

नेपाली टिमः
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान) आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, मोहम्मद आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किसोर महतो, सागर ढकाल ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार
शिक्षक महासंघले फेरि दियो सरकारलाई आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)
२०८२ असार ३०, सोमबार
विपद्का समयमा मानवीय सहयोगमा जुट्न रास्वपाको पार्टी पङ्क्तीलाई आग्रह
२०८२ असार ३०, सोमबार