असार ३०, २०८२ सोमबार July 14, 2025

‘धनगढी सुपर लिग’ टि-२० प्रतियोगिताः महेन्द्रनगर क्रिकेट क्लब फाइनल प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धनगढीमा जारी ‘धनगढी सुपर लिग’ टि-२० प्रतियोगिताअन्तर्गत भएको खेलमा महेन्द्रनगर क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको छ ।

आज भएको लिग चरणको अन्तिम खेलमा देउखुरी वारियर्स क्रिकेट क्वलबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर क्रिकेट क्लब फाइनल प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगर क्लबले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

१६४ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको देउखुरीले १७ दशमलब ३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । उसका लागि वसन्तसिंह कार्कीले १७, दिवान पुनले अविजित १५ र विशाल विक्रम केसीले १५ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ महेन्द्रनगरका विपीन धामीले तीन, राहुल भण्डारी र सन्तोष भट्टले सामान दुई-दुई विकेट लिए ।

त्यसअघि महेन्द्रनगरका लागि सुशील खड्का र विशाल ऐरले समान ३९-३९ रन बनाए । दिलीप नाथले २१ र कप्तान सन्दीप जोराले १५ रन बनाए । बलिङतर्फ देउखुरीका दिवान पुनले तीन र दिनेश अधिकारी, प्रतिश जिसीले समान दुई-दुई विकेट र अनिल खरेलले एक विकेट लिए ।

खेलको ‘म्यान अफ दि म्याच’ महेन्द्रनगरका सुशील खड्का घोषित भए । महेन्द्रनगरले अब उपाधिका लागि लिटल फ्लावरको सामना गर्नेछ । लिटल फ्लवर यसअघि नै प्रतियोगिताको फाइनल पुगिसकेको छ । फाइनल प्रतिस्पर्धा शनिबार हुने आयोजकले जनाएको छ ।

आयोजक लिटल फ्लावर स्पोट्र्स एण्ड इमेन्ट्स प्रालि धनगढीका अध्यक्ष रामचन्द शाहीले प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले र एक लाखसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने जानकारी दिनुभयो । प्रतियोगितामा देशभरका छ वटा क्वलब सहभागी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया