मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

मुटु शिविरमा मुगुका आठ सय जनाको निःशुल्क सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जिल्ला अस्पताल मुगुमा आयोजना भएको दुई दिने मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरमा आठ सय जनाले सेवा लिएका छन् । शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा मुगु जिल्लाभर बाट आठ सय जनाले सेवा लिएका हुन् ।

मानव अधिकार तथा वातावरण विकास केन्द्रले व्याक टु लाइफको आर्थिक सहयोगमा  शिविर सञ्चालन भएको हो । शिविरमा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका विशेषज्ञ डाक्टरको उपस्थितमा निःशुल्क शिविर सञ्चालन गरिएको थियो । संस्थाले  जिल्लाका मुटुरोगीका  बिरामीलाई लक्षित गरि यो शिविर आयोजना गरिएको बताए ।

शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक मुटु रोग विशेषज्ञ डाक्टर चन्द्रमणि अधिकारिको नेतृत्वमा सातजना डाक्टर र चार जना प्राविधिकहरु सहित  ११ जनाको टोलिले शिविरमा मुटुरोगको परीक्षण र औषधिसमेत निःशुल्क उपलब्ध गरिएको रोकायाको भनाइ छ ।

संस्थाले खत्याड गाउँपालिकाको रातापनिमा यहि जेठ १७ र १८ गते त्यसैगरि सोरुगाउँ पालिकामा जेठ २१ , २२, २३ गते मुगमकार्मारोङ गाउँपालिकाको पुलुमा गत वर्षको शिविरमा सल्यक्रिया गर्नुपर्ने १० जना बिरामीलाई पनि जेठ २६ र २७ गते जिल्ला अस्पताल मुगुमा सल्यक्रिया  सञ्चालन हुने जनाएको छ । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु
२०८३ मंग्सिर ७, सोमबार
न्यायालयबाट न्याय पाउनेमा विश्वस्त छु : कांग्रेस सभापति देउवा
२०८३ मंग्सिर ७, सोमबार
नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
२०८३ मंग्सिर ७, सोमबार
संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा
२०८३ मंग्सिर ७, सोमबार
मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता
२०८३ मंग्सिर ७, सोमबार
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
२०८३ मंग्सिर ७, सोमबार