कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

विन नेपाल लघुवित्त वित्तीय संस्थाको ७ औं साधारण सभा जेठ ३१ गतेः आधा दर्जन सञ्चालकहरुको निर्वाचन पनि हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विन नेपाल लघुवित्त वित्तीय संस्थाको ७ औं साधारण सभा जेठ ३१ गते सोमबार बस्दै छ। यसले गत वर्षको नाफाबाट ९.३३% बोनस सेयर र कर तिर्न ०.५% नगद लाभांश दिने प्रस्ताव सहित सभा गर्न लागेको हो ।

सभा प्रयोजनका लागि कम्पनीले भोलि जेठ १८ गतेदेखि जेठ ३१ गतेसम्म बुक क्लोज गरेको छ । तसर्थ, आज मंगलबार जेठ १७ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश हात पार्नेछन् । साधारण सभा बिहान ११ बजेबाट इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा सम्पन्न हुनेछ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूची पारित गर्ने एजेन्डा रहेको छ । त्यस्तै, आ.व. २०७८/७९ को हिसाब किताब लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने एजेन्डा रहेको छ ।

साथै, सभामा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियरी सञ्चालक समिति दिने एजेन्डा रहेको छ । सभामार्फत संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ ।

त्यस्तै, साधारणसभाले सर्वसाधारणका लागि फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने विषयमा पनि छलफल गर्नेछ । कम्पनीले शेयर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार