भाद्र १, २०८३ सोमबार August 17, 2026

राष्ट्रियसभा बैठक : राजस्व र व्ययको वार्षिकअनुमान माथि छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ ।

बैठकमा सांसदहरुले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आआफ्ना धारणा राख्ने क्रम जारी छ । अर्थमन्त्री जनार्दन शर्माले आज नै छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

उहाँले संसद्को दुबै सदनमा यही जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया