वैशाख ३१, २०८१ सोमबार May 13, 2024

१५ किलो सुनसहित स्वर्णमय बन्यो गोकर्णेश्वर महादेव मन्दिरको छाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दैनिक बालयन्त्रको पूजा आराधना हुने राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानामा सुनको लेप लगाउने कार्य सम्पन्न गरिएको छ । छानामा सुनको लेप लगाउने काम गर्दा मन्दिरको पूजा आराधनामा कमी, कमजोरी वा त्रुटि भएको भए क्षमा पाउँ भनी आज क्षमा पूजा सुरु गरिएको छ । क्षमा पूजाका क्रममा १८ वटै पुराणको वाचन गरिने मन्दिरको छाना निर्माण समितिले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ गर्नुहुँदै सांसद कृष्णबहादुर राईले धार्मिक कार्यमा जुट्ने गरेको सहभागितालाई धार्मिक पर्यटन प्रवद्र्धनमा पनि उपयोग गरिनुपर्ने बताउनुभयो । बागमती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले मन्दिर क्षेत्रलाई उत्तरगया धामसम्म आकर्षक गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले मन्दिर क्षेत्रमा थप विकासका लागि सहयोग निरन्तर जारी रहने बताउनुभयो । पूर्वप्रमुख सन्तोष चालिसेले मन्दिरकै नामबाट नगरपालिकाको नामकरण भएकाले रु छ करोड ५० छानामा सुनको लेप लगाउन सहयोग गरिएको बताउनुभयो ।

छानामा सुनको लेपसँगै धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक काम गर्ने वडा नं ४ का अध्यक्ष जयराम महतले बताउनुभयो । छाना निर्माण समितिका अध्यक्ष कोमलबहादुर विष्टले छानामा सुनको लेप लगाउन १५ किलो सुनसहित करिब रु १८ करोड खर्च भएको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया